भुज, 03 नोभेम्बर : राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को अखिल भारतीय कार्यकारी मण्डल बैठक आगामी 5 देखि 7 नोभेम्बरसम्म गुजरातको भुज (कच्छ) मा आयोजन भइरहेको छ। यस बैठकमा सहभागी बन्न आरएसएस सरसंघचालक डा. मोहन भागवत लगायत संघका शीर्ष नेतृत्वहरू र देशभरिबाट कार्यकर्ताहरू भुज आएका छन्।
उक्त जानकारी आरएसएसको अखिल भारतीय प्रचार प्रमुख सुनिलजी आंबेकरले आज आयोजित एक पत्रकार सम्मेलनमा दिए। कार्यकारी मण्डल बैठकको बारेमा जानकारी गराउॅंदै प्रचार प्रमुख आंबेकरले भने, हरेक साल आरएसएसको अखिल भारतीय कार्यकारी मण्डल बैठक आयोजन हुन्छ। यो वर्ष भुजमा यो बैठक भइरहेको छ। आगामी 5 नोभेम्बर बिहान 9 बजीदेखि बैठक शुरू हुनेछ र 7 नोभेम्बरसम्म चल्नेछ। यो बैठक भुजमा महिलोपल्ट आयोजन भइरहेको छ।
उनले बैठकमा सहभागी बन्न आरएसएस सरसंघचालक डा. मोहन भागवत लगायत शीर्ष नेतृत्वहरूका साथै देशभरिबाट कार्यकर्ताहरू भुज आएको जानकारी गराए। उनले यस बैठकमा सबै कार्य विभागका प्रमुखहरू, चयनित संगठनका मन्त्रीहरू र देशभरिबाट 381 कार्यकर्ता उपस्थित रहने थप जानकारी गराए।
प्रचार प्रमुख आंबेकरले नागपुरमा आयोजित विजयादशमीको अवसरमा सरसंघचालक डा. मोहन भागवतले आफ्नो उद्बोधनमा देशको वर्तमान स्थिति र हिन्दुत्वमाथि विचारहरू राखेको बताए। उनका ती विचारहरूलाई समाजमा कसरी लैजानु पर्ने हो भन्ने विषयमाथि यस बैठकमा चर्चा गरिने उनले बताए।
यसरी नै संघ शिक्षा वर्गमा अपेक्षित परिवर्तनको चर्चा चलिरहेको र बैठकमा यस विषयमाथि पनि विचार-विमर्श हुनेछ भनी जानकारी गराए। यस अतिरिक्त, सरसंघचालकले अयोध्यामा रामजन्मभूमि तीर्थ क्षेत्रमा प्राण प्रतिष्ठाका साथै देशव्यापी रूपमा कार्यक्रम आयोजनको निम्ति पनि आह्वान गरेका छन् भन्दै यसमाथि संघको भूमिकालाई लिएर बैठकमा चर्चा गरिने उनले बताए।
प्रचार प्रमुख आंबेकरले वर्ष 2025 मा संघ कार्यको 100 वर्ष पूरा भइरहेको अवगत गराउॅंदै संघले कार्य विस्तारलाई लिएर राखेको लक्ष्य पूर्तिमाथि बैठकमा चर्चा हुनेछ भनी बताए। उनले आगामी डेढ़ वर्षमा कसरी लक्ष्य प्राप्त गर्ने र यसलाई गति प्रदान गर्ने विषयमाथि विचार-विमर्श हुने बताए।
