तिनसुकिया, 03 नोभेम्बर : यूनाइटेड लिबरेशन फ्रण्ट अफ् असम (स्वाधीन), उल्फा (स्व) को एउटा शिविरबाट भागेर आएका एक क्याडरले तिनसुकियाको फिलोबाडीमा आत्मसमर्पण गरेको सूचना प्राप्त भएको छ।
पलाश मोरान नामक क्याडर उल्फा शिविरबाट भाग्न सफल बने। म्यान्मार शिविरबाट भाग्ने प्रयास गरेकोमा हालैमा अन्य दुई क्याडरलाई संगठनले मृत्युदण्ड दिएको थियो। यस घटनालाई लिएर राज्यभरि प्रतिक्रिया जारी रह्यो।
पलाश मोरानले तिनसुकिया पुलिसका शीर्ष अधिकारीहरूको उपस्थितिमा आत्मसमर्पण गरे। उनी 2019 मा संगठनमा सामेल भएका थिए।
