इस्लामाबाद, 03 नोभेम्बर :। पाकिस्तानमा आम चुनाउको तारिकलाई लिएर जारी अडकलबाजीमाथि राष्ट्रपति आरिफ अल्वीले विराम लगाउॅंदै आठ फरवरीमा मतदान गराउने तारिकलाई स्वीकृति दिएका छन्।
सुप्रीम कोर्टको निर्देशमा निर्वाचन आयोगका अधिकारीहरूले बिहिवार राष्ट्रपति आरिफ अल्वीसॅंग भेट गरे। यसपछि तारिक घोषणा गरियो। यसका साथै देशमा आम चुनाउलाई लिएर अनिश्चितता समाप्त भएको छ।
यस अघि निर्वाचन आयोगका वकीलले शीर्ष कोर्टमा 11 फरवरीमा चुनाउ गराउने बताएका थिए।
