मुम्बई, 18 अगस्त (हि.स.)। भारतीय मौसम विभागले सोमवार महाराष्ट्रको मुम्बई र उसका छिमेकी जिल्लाहरू ठाणे र पालघरको निम्ति अरेन्ज अलर्ट जारी गरेको छ। मुम्बई र उसका उपनगरहरूमा भारी वर्षाले रेलवे लीक जलमग्न भएको छ, सड़कहरूमा पानी जमा भएको छ, जसबाट रेलवे सेवा र सड़क सेवा प्रभावित भएको छ।
मुम्बई नगर निगमका आयुक्त भूषण गगरानीले स्कूलहरू र कलेजहरूमा दोस्रो सत्रको निम्ति छुट्टी घोषित गरेका छन् र नागरिकहरूलाई आवश्यक काम परेमात्र घर बाहिर निस्किने अपील गरेका छन्। मध्य रेलवेका मुख्य जनसम्पर्क अधिकारी स्वप्निल नीलाले पनि आम नागरिकहरूलाई आवश्यक काम परेमात्र घर बाहिर निस्किने अपील गरेका छन्। यस्तै किसिमको अपील इण्डिगो, एयर इण्डियाको तर्फबाट गरिएको छ।
भारतीय मौसम विभागले आज भन्यो, आगामी 48 घण्टामा मुम्बई र उसका उपनगरहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। खासगरी राति तीव्र हावाको साथ अति भारी पानी पर्ने सम्भावना छ। मुम्बईमा गए रातिदेखि लगातार पानी परिरहेको कारण मुम्बईको निम्न क्षेत्रहरूमा पानी जमा भएको छ। पानी जमा भएको कारण अन्धेरी मेट्रोका दुवै लेन आजको निम्ति वाहनहरूको आवाजाहीका लागि बन्द गरिएको छ। मुम्बई र उसका उपनगरहरू दादर स्टेशन, कुर्ला स्टेशन र वरपरका स्टेशनहरूमा रेलवे लीक पानीमा डूबेका छन्। यसबाट लोकल सेवा प्रभावित भएको छ। साथै भारी वर्षाले सड़क तालाबमा परिणत भएको छ, यसबाट मुम्बई यातायात पुलिसले यातायातलाई ठाकरे पुल र गोखले पुलको बाटो पठाएको छ।
मुम्बईबाट उड़ान भर्ने विभिन्न एयरलाइनहरूले आफ्नो यात्रीहरूलाई सुझाउ जारी गरी उनीहरूलाई शीर्घ रिपोर्ट गर्नु भनेको छ। इन्डिगोले एक प्रारम्भिक सुझाउ जारी गरी यात्रीहरूसित हवाई अड्डासम्म आवाजाहीको निम्ति अतिरिक्त समय निकाल्ने र घरबाट निस्कन अगाड़ी उड़ानको स्थिति जाँच्ने आग्रह गरेको छ।
एयरलाइनले आफ्नो एक्स ह्याण्डलमा पोस्ट गऱ्यो, मुम्बई अहिलेपनि पनि वर्षाको च्यादरमा लपेटेको छ र सड़कहरूमा पानी सामान्यभऩ्दा गुस्त गतिले बगिरहेको छ। शहरका केही हिस्साहरू, खासगरी प्रमुख हवाईअड्डा मार्गहरूमा पानी जमा भएको सूचना पाइएको छ।
यसपछि अकासा एयर र एयर इण्डियाले पनि यस्तै किसिमको सुझाउ जारी गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
