नयाँ दिल्ली, 14 जनवरी (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का राष्ट्रिय अध्यक्ष जगत प्रकाश नड्डाले ‘रामललाको प्राण प्रतिष्ठा’- को उपलक्ष्यमा आयोजित एक सप्ताहव्यापी स्वच्छता अभियानको शुभारम्भ आइतवार करोल बागस्थित गुरू रविदास मन्दिरबाट गरे। यस अवधि नड्डाले मन्दिर परिसरको सर-सफाईमा भाग लिए।
स्वच्छता कार्यक्रममा भाग लिएपछि पत्रकारहरूसित कुराकानी गर्दै नड्डाले भने, मकर सङ्क्रान्तिको दिन 14 जनवरीदेखि आगामी 22 जनवरीसम्म हामी हरेक तिर्थ स्थल अनि मन्दिरको सफाई अभियानमा भाग लिनेछौं अनि त्यहाँ भजन-कीर्तन गर्नेछौं। आगामी 22 जनवरीमा हामी सबैले आ-आफ्नो घरमा रामज्योति बालेर प्रभु रामको आराधना गर्नेछौं। आज यसै कार्यक्रमलाई उनले यहाँको गुरू सन्त रविदासजीको ऐतिहासिक मन्दिरबाट आरम्भ गरे अनि उनलाई यहाँको स्वच्छता अभियानमा भाग लिने सौभाग्य प्राप्त भयो।
हिन्दुस्थान समाचार/उष्णता
