जम्मू, 18 अगस्त (हि.स.)। जम्मू-कश्मीर सरकारले खराब मौसमलाई मध्यनजर गर्द जम्मू सम्भागका सबै शैक्षणिक संस्थानहरूलाई सोमवार अर्थात 18 अगस्त, 2025-को दिन बन्द गर्ने आदेश दिएको छ।
अधिकारीहरूले सो आशयको जानकारी गराउँदै भने, पछिल्लो चार दिनभित्रमा किश्तवाड़ जिल्लाको चशोती गाउँ र कठुआ जिल्लाको जोध घाटी अनि जंगलोट क्षेत्रमा बादल फाटेका तीन वटा घटनाहरूमा 68 जना मानिसहरूको ज्यान गएको छ भने 122 जना मानिसहरू घाइते भएका छन्।
स्कूल शिक्षा निदेशकले एक आदेशमा भने, खराब मौसमलाई मध्यनजर गर्दै यो आदेश दिइन्छ कि जम्मू सम्भागका सबै सरकारी एवं निजी स्कूलहरूलाई सोमवार अर्थात 18 अगस्त, 2025- को दिन बन्द राखिनेछ। क्षेत्रका दश वटा जिल्लाहरूमा घना वर्षाको चेताउनीलाई ध्यानमा राखेर यस्तो गरिएको हो।
मौसम विभागले जम्मू-कश्मीरको लागि मौसम सम्बन्धी सल्लाह जारी गर्दै 17-देखि 19 अगस्तसम्म मेघ गर्जन सहित घना वर्षा हुने अनुमान व्यक्त गरेको छ। यसमा अझ भनिएको छ, सम्वेदनशील क्षेत्रहरूमा बादल फाट्ने, अचानक बाढ़ी तथा पैह्रोको खतरा व्याप्त भएको छ। जम्मू, रियासी, उधमपुर, राजौरी, पुँछ, साम्बा, कठुआ, डोडा, किश्तवाड़, रामबन औ कश्मीरका केही भागहरूमा अलर्ट जारी गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
