
लखनऊ, 28 अक्टोबर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघको अखिल भारतीय कार्यकारिणीका सदस्य औ मुस्लिम राष्ट्रिय मञ्चका संरक्षक प्रचारक इन्द्रेश कुमारले भनेका छन्, पाकिस्तान अधिकृत कश्मीर (पीओके) भारतको हो। पाकिस्तानले त्यहाँ बलजफ्ती दखल दिँदै आएको छ। उसले पीओकेमा दखल दिनु हुँदैन।
उत्तर प्रदेशको राजधानी लखनऊ पुगेका इन्द्रेश कुमारले मीडियासितको बातचित अवधि सोधिएको एक प्रश्नको जवाफमा उपरोल्लेखित मन्तव्य व्यक्त गरेका हुन्। उनले भने, भारत-पाकिस्तान विभाजन हुँदा पीओकेको भू-भाग भारतको अंग थियो। तत्कालीन सरकारको गल्तीले पीओकेको भू-भागमाथि पाकिस्तानको कब्जा भयो। सन् 1947-मा पाकिस्तानले त्यसमाथि कब्जा जमायो। हामी भारतीय आज पनि पीओकेका नागरिकहरूलाई आफ्नो ठान्छौं। पीओकेका सबै नागरिकहरू भारतीय हुन्।
उल्लेखनीय छ, मुस्लिम राष्ट्रिय मञ्चका मार्गदर्शक इन्द्रेश कुमारले देशमा पाकिस्तान अधिकृत कश्मीरको लागि तिरंगा यात्रा निकालेका छन्। उनी यसै यात्राको सिलसिलामा लखनऊ आएका थिए।
हिन्दुस्थान समाचार/उष्णता
