कोलकाता, 28 अक्टोबर (हि.स.)। कोलकाता महानगर लगायत राज्यका अन्य ठाउॅंहरूमा दुर्गा पूजापछि जाडो बढ्न थालेको छ। मौसम विभागले शनिवार जारी गरेको बयान अनुसार, कोलकातामा न्यूनतम तापक्रम 23.4 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा कम हो। यस कारण राति हल्का जाडो महसुस हुन थालेको छ। अधिकतम तापक्रम केवल 30.2 डिग्री सेल्सियस छ।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा, बर्दवान र मुर्शिदाबाद जिल्लामा पनि तापक्रममा ह्रास दर्ता गरिएको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि जाडो बढ्न थालेको छ।
हिन्दुस्थान समाचार/बिशाल
