नयाँ दिल्ली, 01 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ वर्षको पहिलो बिहान सबैलाई सन् २०२६ को शुभकामना दिँदै समाजमा शान्ति र खुशीका लागि प्रार्थना गरेका छन्। उनले सबैका प्रयास सफल होऊन्, सबै स्वस्थ रहून् र यो वर्ष सबैको जीवनमा समृद्धि लिएर आओस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका छन्, “सबैलाई सन् २०२६ को हार्दिक शुभकामना! आउँदो वर्षले तपाईलाई राम्रो स्वास्थ्य र समृद्धि प्रदान गरोस्। तपाईका प्रयासहरू सफल होऊन् र तपाईले गर्ने प्रत्येक कार्यमा सन्तोष प्राप्त होस्।” उनले समाजमा शान्ति र खुशीका लागि प्रार्थना गरेका छन्।
उल्लेखनीय छ, विश्वभर नयाँ वर्षको शुरुवात भइसकेको छ। सन् २०२६ को पहिलो आगमन किरिबातीको किरीटीमाटी टापुबाट भयो। देशका विभिन्न शहरहरूमा रंगीचंगी बत्ती, आतसबाजी र सङ्गीतसहित मानिसहरूले नयाँ वर्षको उत्सव मनाए।
नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मुले देशवासीलाई शुभकामना दिँदै राष्ट्रको विकास, सामाजिक सद्भाव र पर्यावरण संरक्षणप्रति प्रतिबद्धता अझ मजबुत बनाउन सबै नागरिकलाई आह्वान गरेकी छन्।
हिन्दुस्थान समाचार / भवानी थामी
