नयाँ दिल्ली, 06 नोभेम्बर (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले आगामी बुधवार नयाँ दिल्लीको आईसीएआर कन्भेन्शन सेन्टरमा राष्ट्रिय सहकारी अर्गेनिक्स लिमिटेड (एनसीओएल)-ले जैविक उत्पादलाई प्रोत्साहित गर्ने विषयमा आयोजना गर्न लागेको एक राष्ट्रिय सङ्गोष्ठीलाई सम्बोधन गर्नेछन्। उक्त आशयको जानकारी केन्द्रिय सहकारिता मन्त्रालयले सोमवार दिएको हो।
मन्त्रालय अनुसार कार्यक्रम अवधि शाहले एनसीओएलको लोगो, वेबसाइट र ब्रोशरको पनि उद्घाटन गर्नेछन्। साथै एऩसीओएलका सदस्यहरूलाई प्रमाण पत्र पन वितरण गर्नेछन्। यस एक दिवसीय सङ्गोष्ठीमा एनसीओएलको उद्देश्य, जैविक उत्पादहरूको महत्वसँगसँगै साना र सीमान्त किसानहरूको उत्थानको निम्ति सहकारी समितिहरूले निर्वाह गर्नुपर्ने भूमिकामाथि चर्चा गरिनेछ।
मन्त्रालयको भनाइ छ, प्रधानमन्त्री नरेन्द्र मोदीको सहकारबाट समृद्धि- को भिजन अनुरूप भारतलाई जैविक उत्पादको क्षेत्रमा विश्वमै अग्रणी बनाउनको लागि एऩसीओएलको स्थापना राष्ट्रिय स्तरको बहुराज्य सरकारी समितिको रूपमा गरिएको छ। सहकारिता मन्त्रालयले देशमा सहकारिता आन्दोलनलाई सुदृढ़ बनाउनको लागि पछिल्लो 27 महिनामा 54 महत्वपूर्ण पहलहरू गरिसकेकोछ। ग्रामीण अर्थव्यवस्था, मेक इन इण्डिया, आत्मनिर्भर भारत औ लोकलबाट ग्लोबल -को दिशामा जैविक उत्पादहरूलाई प्रेरित गर्नकोलागि राष्ट्रिय स्तरको सहकारी समिति स्थापना गर्नु एउटा महत्वपूर्ण कदम हो।
हिन्दुस्थान समाचार/उष्णता
