काठमाडौं, 08 अगस्त (हि.स.)। भारत सरकारमा पोत, जहाज एवं जलमार्ग मन्त्री सर्वानन्द सोनोवाल एक दिवसीय धार्मिक यात्रामा काठमाडौं पुगेका छन्। शुक्रवार बिहान विमानस्थलमा केन्द्रिय मन्त्रीलाई नेपालमा भारतका राजदूत नवीन श्रीवास्तवले स्वागत गरे।
केन्द्रिय मन्त्री सोनोवालले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरे। मन्दिर पुगेपछि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापाले उनलाई स्वागत गरे। पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि सोनोवालले ‘एक पेड़ मां के नाम’ अभियान अन्तर्गत बिरुवा पनि लगाए।
सोनोवाल पशुपतिनाथ मन्दिरमा आयोजित कोटि होम महायज्ञमा पनि सामेल भए। उनले काली बाबाको नामले प्रसिद्ध श्री 1008 कृष्णानन्द जी महाराजको दर्शन गरेर उनीबाट आशीर्वाद प्राप्त गरे।
हिन्दुस्थान समाचार / बिशाल
