शिमला, 28 फरवरी : हिमाचल प्रदेशको राजनीतिमा निकै हलचल देखिन थालेको छ। आज (बुधवार) बिहान भाजपा विधायक दलले राज्यपालसॅंग भेट गरे। यस बिच पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका पुत्र विक्रमादित्य सिंह कांग्रे सरकारबाट अलग भए। उनले लोक निर्माण मन्त्री पदबाट राजीनामा दिएका छन्।
उनको भनाई छ, उनका कुराहरूलाई सुनिॅंदैन। लगातार यस विषयमा हाईकमानलाई अवगत गराइरहेका छन्। यस अवसर उनी आफ्ना दिवंगत पिता वीरभद्र सिंहको स्मरण गर्दै भावुक पनि भए। विक्रमादित्यले भने, ‘मलाई मन्त्री पदको कुनै लालच छैन। म पार्टीको साथमा छु।’
