
नयाँ दिल्ली, 14 दिसम्बर (हि.स.)। केन्द्रियमन्त्री डा. मनसुख माण्डभियाले बिहीवार भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ भारतको निर्माण भइरहेको छ। यस नयाँ भारतमा महिलाहरूको सहभागिता बढ़ाउनका लागि उनीहरूलाई सुरक्षित र समान अवसर प्रदान गर्ने दिशामा द्रूत गतिमा काम भएको छ। देशको विकासमा महिलाहरूको सहभागिता सुनिश्चित गराउनका लागि प्रधानमन्त्रीले सातवटा विषयमा विशेष रूपमा काम गरेका छन्- उनीहरूलाई सुरक्षा दिइयो, उनीहरूलाई सशक्त बनाउनका साथै उनीहरूको समृद्धिको लागि काम गरियो, आधा आकाशको जनसंख्यालाई स्वीकार गर्दै उनीहरूलाई सुविधा उपलब्ध गराउनु, महिलाहरूको चिन्ता गर्नका साथै उनीहरूलाई निर्णायक भूमिकामा ल्याउने काम गरिएको छ।
महिलाहरूको लागि केन्द्र सरकारका योजनाहरूलाई लिएर बिहीवार सम्पन्न पत्रकार सम्मेलनला सम्बोधन गर्दै डा. माण्डभियाले भने, केन्द्र सरकारले लिङ्गानुपातलाई कायम राख्नको लागि “बेटी बचाओ बेटी पढ़ाओ” अभियान शुरू गऱ्यो जसको फलस्वरूप आज लिङ्गानुपातमा सुधार आएर प्रति 1000 पुरूषको तुलनामा 934 महिला पुगेको छ। वर्ष 2014- मा यो आँकड़ा 918 थियो। यसलाई मध्यनजर गर्दै महिलाहरूको सुरक्षाको लागि 733 केन्द्रबाट 181 हेल्पलाइन शुरू गरिएको छ।
उनले बताए, महिला सशक्तिकरणको लागि मिशन शक्ति सञ्चालन गरियो। महिलाहरूलाई सशक्त कसरी बनाउन सकिन्छ यसको लागि महिला अदालतको स्थापना गरियो, मातृ वन्दना योजना अन्तर्गत स्वास्थ्यमा ध्यान दिइयो। आज महिलाहरूले ब्याङ्कबाट दश लाख रुपियाँसम्म ऋण लिन सक्षम भएका छन् अनि आफ्नो काम शुरू गरिरहेका छन्। सरकारको यस योजनाका लाभार्थीहरूमा 80 प्रतिशत महिला छन्। मुद्रा योजनाका लाभार्थीहरूमा 68 प्रतिशत लाभार्थी महिला नै छन्। मोदीजीका योजनाहरूको लाभ उठाएर महिलाहरू सशक्त भइरहेका छन्।
डा. मनसुख माण्डभियाले भने, मोदीजीको लगभग दश वर्षको कार्यकालमा चार करोड़ आवास दिइयो जसमा 70 प्रतिशत आवास महिलाहरूको नाममा छ। केन्द्र सरकारले लखपति दिदी योजना सञ्चालन गरिरहेको छ जसान्तर्गत दुई करोड़ महिलाहरूलाई लखपति बनाउने दिशा तर्फ द्रूत गतिमा काम भइरहेको छ। आज मानिसहरूसित ब्याङ्कको अकाउण्ट छ जुन आधाभन्दा अधिक महिलाहरूको नाममा छ। नमो ड्रोन योजना अन्तर्गत महिलाहरूलाई खेती गर्ने आधुनिक प्रणाली बारे प्रशिक्षण दिइँदैछ।
भारत सरकारको फर्टिलाइजर कम्पनीहरूले नमो ड्रोन दिदीलाई प्रशिक्षण दिरहेका छन् आगामी दिनमा 15 हजार महिला सेल्फ हेल्प ग्रुपले आफ्नो आयश्रोत बढ़ाउनेछ। उनले भने, महिलाहरूको अस्तित्वलाई स्वीकार गरेर उनीहरूलाई देशको विकासमा सामेल गर्न आवश्यक छ। नारी शक्ति वन्दन अधिनियम पारित गरेर महिलाहरूको अंशदारीलाई सुनिश्चित गरिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
