लस एन्जिल्स, 25 अक्टोबर (हि.स.)। अमेरिकाका लोकप्रिय अभिनेता रिचर्ड राउण्डट्रीको मंगलवार यहॉं उनको घनमा निधन भयो। उनले 81 वर्षको आयुमा अन्तिम सास लिए। रिचर्डका प्रबन्धक पेट्रिक मेकमिनले भने, उनी अग्नाशयको क्यान्सरले ग्रसित थिए। उक्त जानकारी मिडिया रिपोर्ट्समा दिइएको छ।
मेकमिनले भने, 1971 मा रिलीज भएको फिल्म शाफ्टले राउण्डट्रीलाई 29 सालको उमेरमा स्टार बनाएको थियो। यो अमेरिकाको इतिहासमा पहिलोपल्ट ब्लेक्सप्लिटेशन फिल्म थियो। उनले यो फिल्ममा प्राइवेट जासूसको भूमिका निभाए। उनका केही प्रसिद्ध फिल्महरूमा शाफ्टस बिग स्कोर र शाफ्ट अन अफ्रीका सामेल छन्।
हिन्दुस्थान समाचार/बिशाल
