सोदपुर, 25 अक्टोबर। दशमीको सॉंझ एकातिर राज्यमा माता दुर्गाको प्रतिमा विसर्जन भइरहेको थियो भने अर्कोतिर उत्तर 24 परगना जिल्लाको सोदपुरको रासमणिमा एक युवकमाथि गोली प्रहार भएको छ। यस घटनाले क्षेत्रमा आतङ्कको माहोल बनेको छ
पुलिस सूत्रहरू अनुसार, घाइते युवकको नाम शुभोजीत टेगोर उर्फ बच्चा हो। उनको दाहिने खुट्टामा गोली लागेको छ। यस दिन सॉंझ शुभोजीत रासमणि नन्दनकानन क्षेत्रमा घुमिरहेका थिए। त्यही समय तीन बदमाशले अचानकउनीमाथि गोली चलाएर भागे।
गोलीको आवाज सुनेर छेउछाउका मानिसहरू घटनास्थलमा आइपुगे अनि उनलाई तत्काल सागर दत्ता अस्पताल लिएर गए। पुलिसले मामिलाको जॉंच शुरू गरेको छ। समाचार लेखुन्जेलसम्म गोलीकाण्डका कारणहरू पत्तो लागेको छैन।
