तेल अवीव, 22 नोभेम्बर (हि.स.)। इजराइल-हमास संघर्षमा बुधवार इजराइलको संसदले महत्वपूर्ण प्रस्तावलाई स्वीकृति दिएको छ। 50 इजराइली बन्धकलाई रिहा गरेको सट्टामा चार दिनको संघर्ष विराम प्रस्तावतलाई स्वीकृति प्रदान गरिएको छ। रिहा गरिएका बन्धकहरूमा महिला र नानीहरू सामेल छन्।
इजराइल सरकारले जारी गरेको जानकारी अनुसार, संघर्ष विराम सम्झौता अन्तर्गत हमासले चार दिनको अवधिमा गाजा पट्टीमा बन्धक बनाइएका लगभग 240 बन्धक मध्ये 50 जनालाई रिहा गर्नु पर्नेछ। बुधवार बिहान यस प्रस्तावमाथि मतदानअघि प्रधानमन्त्री बेंजामिन नेतन्याहूले भने, ‘संघर्ष विराम समाप्त भएपछि इजराइलले फेरि हमास विरूद्ध आक्रामक अभियान शुरू गर्नेछ।’
हिब्रू मिडिया अनुसार, हमासले जुन बन्धकहरूलाई रिहा गर्नेछन् त्यसमा 30 जना नानी र 20 जना महिला सामेल छन्। उनीहरूलाई हरेक दिन 12-13 जनाको ग्रुपमा छोडिने छ। प्रत्येक 10 बन्धक समूहको सट्टामा इजराइलले एक दिनको संघर्ष विराम गर्नेछ।
न्यूयर्क टाइम्स अनुसार, यस संघर्ष विरामको मस्यौदा अन्तर्गत इजराइले पनि 150 फिलिस्तीनी कैदीहरूलाई रिहा गर्नेछ, जसमा महिला र नानीहरूलाई प्राथमिकता दिइने छ।
हिन्दुस्थान समाचार/बिशाल
