बिजापुर, 02 नोभेम्बर : जिल्लाको नक्सल प्रभावित उसुर थाना क्षेत्रमा गए बुधवार राती नक्सलीहरूले सुराकीको आरोप लगाउँदै मुचाकी लिङ्गा (40) नामक स्थानीय ग्रामीणको डोरीले गला दबाई हत्या गरिदिए। हत्यापछि नक्सलीहरूले शवलाई नड़पल्ली र गलगममाझ सड़क किनारमा फालिदिए।
बिजापुर एसपी आञ्जनेय वार्ष्णेयले उक्त घटनाको पुष्टि गर्दै बताए, वरपरका क्षेत्रहरूमा गहन सर्च अभियान जारी छ। उल्लेख्य, नजिकिँदै गएको राज्य विधानसभा चुनाउलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा नक्सलीहरूले चुनाउ बहिष्कारको सम्बन्धमा पर्चाहरू वितरण गरिरहेका छन्।
नक्सलीद्वारा जारी प्रेस नोटमा मतदान दलहरूलाई पुलिससित आन्तरिक क्षेत्रहरूमा प्रवेश नगर्ने आग्रह गरिएको छ। यस अवस्थमा ग्रामीणको यसरी हत्या भएपछि झन् क्षेत्रमा सन्त्राषको माहौल सृजना भएको छ।
