अलवर, 26 जनवरी : राजस्थानको अलवर थाना क्षेत्रमा छ सालकी नाबालिग नानीसॅंग भएको दुष्कर्मको घटनापछि मन्त्री संजय शर्मा शुक्रवार बिहान महिला अस्पताल पुगे। मन्त्रीले नाबालिगका परिजनसॅंग घटनाको बारेमा जानकारी लिए।
मन्त्रीले भने, पुलिसले आरोपितलाई पक्राउ गरेको छ। पुलिसले तत्परताको साथमा काम गरिरहेको छ। यस्ता घटनाहरू रोकथाम गर्न सामाजिक चेतानाको आवश्यकता छ। उनले यस्ता घटनाहरू रोक्न जन जागरण अभियान चलाउनु पर्छ भनी बताए।
उल्लेखनीय छ, बिहिवार दिउॅंसो अलवर शहरमा छ सालकी नाबालिग नानीलाई काका पर्ने आफन्तले घरमा दुष्कर्म गरे। आरोपितलाई पक्राउ गर्नुपर्ने मागमा शहरमा प्रदर्शन पनि गरिएको थियो। अबेर राति पुलिसले आरोपितलाई पक्राउ गऱ्यो।
