सिलगढ़ी, 27 जनवरी । प्रधाननगर थानाको पुलिसले पत्नीको हत्या गर्ने प्रयास गरेको आरोपमा पतिलाई पक्राउ गरेको छ। आरोपीको नाम बादल देबनाथ रहेको छ। घटना सिलगढ़ीको बीआरआई कलोनीको जसको खुलासा गए शुक्रवार राती भएको थियो।
पुलिस सूत्र अनुसार आरोपीले विगत लामो समयदेखिकै आफ्नी पत्नीमाथि अत्याचार गर्दै आइरहेको थियो। आरोप अनुसार गए शक्रवार उसले आफ्नी पत्नीको गला दबाएर हत्या गर्ने प्रयास गऱ्यो। पत्नी जसोतसो आफ्नो ज्यान बचाएर भागी र प्रधाननगर थानामा पुगी। त्यसपछि पत्नीले आफ्नो पतिविरूद्ध थानामा लिखित सिकायत दर्ता गराई। सिकायतको आधारमा पुलिसले आरोपी पतिलाई पक्राउ गऱ्यो। प्रधाननगर थाना पुलिस अघिल्लो चरमको कारबाहीमा जुटेको छ।
