
जैसलमेर, 16 दिसम्बर (हि.स.)। राजस्थानको बाड़मेर बोर्डरमा सीमा सुरक्षा बलले करोड़ौं रुपियाँको हेरोइनको छःवटा प्याकेट फेला पारेको छ। यो घटना गए शुक्रवार अबेर रातीको हो जतिबेला बाड़मेरस्थित केलनोर अन्तरराष्ट्रिय बोर्डरमा बीएसएफले ठूलो कारबाही गरेको थियो।
कारबाहीको क्रममा बीएसएफले केलनोर बोर्डर वरिपरी छःप्याकेट अवैध मादक पदार्थ हेरोइन हात पाऱ्यो। यो हेरोइन सीमा पारी पाकिस्तानबाट ल्याइएको आशङ्का व्यक्त गरिँदैछ। दुई दिनअघि बीएसएफले पाकिस्तानतिरबाट आएको फुटप्रिन्ट देखेको थियो। बीएसएफ अधिकारीहरूले त्यसै फुटप्रिन्टको आधारमा छः प्याकेट हेरोइन जफत गरेका छन्। गए शुक्रवार राती पनि बीएसएफले एउटा फुटप्रिन्ट देखेको थियो।
यसैले अब बीएसएफले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। स्मरण गराइन्छ, राजस्थानको बाड़मेर बोर्डर गुजरात फ्रण्टियर अधिनस्थ पर्छ। अधिकृत एवं विस्तृत जानकारीको प्रतीक्षा छ। अहिलेसम्ममा कसैलाई पक्राउ गरिएको वा कसैलाई हिरासतमा लिइएको कुनै सूचना प्राप्त भएको छैन।
हिन्दुस्थान समाचार/उष्णता
