पटना, 16 दिसम्बर (हि.स.)। संसदको सुरक्षा भङ्ग गरेको घटनाका मास्टरमाइण्ड ललित झाको सम्बन्ध बिहारको दरभङ्गा जिल्लासित छ। यस घटनाले दरभङ्गा जिल्ला अधिनस्थ रामपुर उदय गाउँका मानिसहरू आश्चर्यचकित भएका छन्। ललित झा बहेड़ा थाना अन्तर्गत रामपुर उदय गाउँकै मूल निवासी हुन्। तिनका पिता देवानन्द झा पुजारी हुन्। उनीहरूको पण्डिताई गरेर नै घर चल्छ। भाइ बिजुली मिस्त्री हो। यस घटनामा ललित झाको नाम अनि अनुहार अघि आउँदा नत परिवारका सदस्यहरूलाई न त गाउँका मानिसहरूलाई नै विश्वास भयो। बिहार पुलिसले लित झाको घरमा पुगेर जाँच शुरू गरेको छ।
दरभङ्गाका वरिष्ठ पुलिस अधीक्षक अवकाश कुमारले बताए, ललितको पारिवारिक पृष्ठभूमि अत्यन्त सामान्य छ। पुलिसले उसको घर सहित वरपरका मानिसहरूसित पनि जाँचबुझ गऱ्यो, तर अहिलेसम्म कुनै विशेष जानकारी हात लागेको छैन। रामपुर उदय गाउँका मानिसहरूले बताए, ललित र उसको परिवारसित नाम मात्रको सम्पत्ति छ। गाउँमा बसेर घर धान्न सम्भव नभएको कारणले सम्पूर्ण झा परिवार पश्चिम बङ्गालमा गएर बसेका थिए। चाड़-पर्व एवं खेतीको समयमा ललित र उसको परिवार गाउँमा आउने-जाने गर्दछ। ललित झाका पिता देवानन्द झाले बङ्गालमै पूजा-पाठ गरेर आफ्नो परिवारको पालन-पोषण गर्छन्। एकजना भाइ बङ्गालमै मिस्त्री काम गर्छ भने अर्को भाइ कपड़ा दोकानमा काम गर्छ।
पिता देवानन्द झाले आफू छोरा ललितले गरेको कुकृत्यदेखि हैरान भएको बताउँदै भने, उनको परिवार 10 दिसम्बरमा गङ्गासागर एक्सप्रेसको माध्यमबाट खेतीको कामको लागि गाउँमा आएका थिए। ललित पनि गाउँमा आउने कार्यक्रम पहिला नै तय भएको थियो। जुन दिन गाउँमा आउनुथ्यो त्यै दिन उ कुनै जानकारी बिनै अचानक दिल्ली गयो। उनलाई ललितले गरेको कुकृत्यको जानकारी समाचार पत्र र टीभीबाट थाहा लागेको थियो। ललितले इन्टरको पढ़ाई पूरा गरेपछि उसलाई मेडिकल परीक्षाको तयारी गर्न लगाइएको थियो। तर गरीबीको कारणले उसले कोचिङ्ग वा त्यसपछिको पढ़ाई पूरा गर्न सकेन। त्यसपछि नानीहरूलाई ट्यूशन पढ़ाउन थालेको थियो
हिन्दुस्थान समाचार/उष्णता
