मुम्बई, 18 अक्टोबर । गोवन्डी पुलिस स्टेशनको टीमले छोरी र ज्वाईको हत्या गर्ने पिता र उसका तीन सहयोगीलाई पक्राउ गरेको छ। यस मामिलाको गहन छानबीन जारी छ।
पुलिस अनुसार, गोवन्डी निवासी गोरा खानकी छोरी गुलनाज खानले गत वर्ष नोभेम्बर महिना घरबाट भागेर यही क्षेत्रमा बस्ने करण चन्दसित बिहे गरेकी थिइन्। गोरा खानले आफ्नी छोरी र ज्वाईलाई आफ्नो घरमा बोलायो र पहिले आफ्नी छोरीको गला दबाएर हत्या गऱ्यो र पछि आफ्नो ज्वाई करणको गला रेतेर हत्या गऱ्यो।
यसपछि उसले छोरी र ज्वाईको शव सुनसान ठाउँमा फ्याँक्यो। पुलिसले दुवैको शवलाई आफ्नो कब्जामा लिएर पछि छानबीन शुरू गरी गोरा खान, सलमान खान, मोहम्मद क्याफ र नौशाद खानलाई पक्राउ गरेको छ। गोरा खानले पुलिस समक्ष आफ्नो अपराध स्वीकार गरेको छ।
