नयाँ दिल्ली, 18 अक्टोबर । प्रधानमन्त्री नरेन्द्र मोदीले 19 अक्टोबरको दिन भीडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट महाराष्ट्रमा 511 प्रमोद महाजन ग्रामीण कौशल्य विकास केन्द्रहरूको शुभारम्भ गर्नेछन्। यी केन्द्रहरू महाराष्ट्रका 34 ग्रामीण जिल्लाहरूमा स्थापित गरिँदैछ।
ग्रामीण कौशल्य विकास केन्द्रले ग्रामीण युवाहरूलाई रोजगारको अवसर प्रदान गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा कौशल विकास प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्नेछ। प्रत्येक केन्द्रले न्यूनतम दुई व्यावसायिक पाठ्यक्रममा लगभग 100 युवाहरूलाई प्रशिक्षित गर्नेछ। यो प्रशिक्षण राष्ट्रिय कौशल विकास परिषद अन्तर्गत सूचीबद्ध उद्योग जगतका अंशदार तथा एजेन्सीहरूद्वारा प्रदान गरिँदैछ। यी केन्द्रहरूको स्थापनाबाट सम्बन्धित क्षेत्रहरूलाई अधिक सक्षम एवं कुशल जनशक्ति विकसित गर्ने दिशामा महत्वपूर्ण प्रगति हासिल गर्नमा सहयोग पुग्नेछ।
