• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > टिस्टा त्रासदीको जिम्मेवारी लिॅंदै मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छः गणेश राई
Regional

टिस्टा त्रासदीको जिम्मेवारी लिॅंदै मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छः गणेश राई

CliQ INDIA
Last updated: October 19, 2023 6:32 pm
CliQ INDIA
Share
5 Min Read
SHARE

गान्तोक, 16 अक्टोबर । दक्षिणी ल्होनाक हिमतालको विस्फोटपछि भएको टिस्टा त्रासदी र यसबारे मानिसहरूलाई समयमा जानकारी नगराइएका कारण भएको व्यापक क्षतिको जिम्मेवारी लिंदै मुख्यमन्त्री पीएस तामाङले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने सिटिजन एक्सन पार्टीले माग गरेको छ। आपदा कतिबेला शुरु भयो भन्ने विषयमा मुख्यमन्त्रीले दुईवटा पत्रकार सम्मेलनमा भिन्ना-भिन्नै समयको बयान दिनु सिक्किमको लागि दुर्भाग्यजनक रहेको र मुख्यमन्त्रीको दुईवटा अलग-अलग बयानले उनी जनताको सुरक्षाप्रति गम्भीर थिएनन् भन्ने प्रमाणित भएको दाबी गर्दै आपदा र नोक्सानीको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्ने सिटिजन एक्सन पार्टीले बताएको छ।

पार्टीको चौथो कार्यकारी परिषदको बैठकपछि आज बुधवार रानीपुलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सिटिजन एक्सन पार्टीका प्रमुख संयोजक गणेश कुमार राईले मुख्यमन्त्रीले दिएका दुईवटा बयानले उनको राज्यप्रति लगाउ छैन भन्ने स्पष्ट भएको दाबी गरे। मुख्यमन्त्रीले मेरो फोन स्विचअफ थियो र समयमा जानकारी पाइन भनेर यति ठूलो आपदाको जिम्मेवारीबाट पन्सिन पाउँदैनन् भन्ने गणेश राईको भनाइ छ। भारतीय सेना र आईटीबीपीले ल्होनाक हिमताल विस्फोट भएको जानकारी समयमा राज्य प्रशासनलाई दिएको तर मुख्यमन्त्री र प्रशासनले यसलाई गम्भीरताका साथ नलिएका कारण मानिसहरूले अधिक नोक्सानी झेल्नु परेको र कतिपय बचाउन सकिने सम्पत्तिलाई पनि जोगाउन नसकिएको उनले आरोप लगाए।

यो सबै हुनुको पछि एसकेएम सरकार जनहितका कुनै पनि विषयमा गम्भीर नरहेको परिणाम हो भन्ने गणेश राईले ठहर गरेका छन्। राईले अघि भने, मुख्यमन्त्री पीएस तामाङले आफ्नो साढे चार वर्षको कार्यकाल पूर्व सरकारमाथि आरोप लगाएर मात्र बिताएका छन् तर सिक्किम र सिक्किमे जनताप्रति फाइदा हुने काम गरेका छैनन्। उनको कार्यकालमा सिक्किममा भाई-भतिजावाद, कुशासन र भ्रष्टाचार पूर्व सरकारको तुलनामा डबल भएको छ। मुख्यमन्त्रीको कारणले सिक्किमे जनताले असुरक्षित महसुस गर्दैछन्, राज्य ऋणको खाल्डोमा डुब्दैछ।

सिक्किम उर्जा विषयमा मुख्यमन्त्रीले दुई दिनअघि पत्रकार सम्मेलनमा दिएको बयान 2012 मा करेन्ट न्यूजमा प्रकाशित रिपोर्ट बाहेक अन्य केही नरहेको दाबी गर्दै गणेश राईले यदि सिक्किम उर्जामा घोटाला थियो भने साढे चार वर्षमा एसकेएम सरकारले किन भ्रष्टाचारीमाथि कारबाही गरेन, किन सीबीआई जाँच गराएन भन्ने प्रश्न गरे। टिस्टा बाढी नआएको भए दलाई लामाको हातबाट सिक्किम उर्जाको उद्घाटन गराउने एसकेएम सरकार र मुख्यमन्त्री पीएस तामाङले कार्यक्रम बनाएको दाबी गर्दै अहिले बाढीले ड्याम भत्काएपछि पूर्व सरकारलाई दोष लगाएर सरकार र मुख्यमन्त्री बॉंच्न नसक्ने गणेश राईले बताएका छन्।

उनले ड्याम सेफ्टीका लागि सिक्किम सरकारले बनाएको कमिटीले एक वर्षमा पनि ड्यामको क्वालिटी लो छ भन्ने कुरा पत्तो लगाउन सकेन भन्ने प्रश्न गरेका छन्। सरकारको लापरवाहीले सिक्किम 25 वर्षपछि परेको छ भन्दै जिम्मेवारी उठाउनुको साटो सरकारले आफू बॉंच्ने बयानबाजी मात्र गरेको राईले आरोप लगाएका छन्। अर्कोतिर सरकारकै लापरवाहीले गर्दा मानिसहरूले यस आपदाबाट आफ्नो घरबार र सम्पत्ति गुमाएका हुन भन्ने दाबी गर्दै पीडित मानिसहरूलाई सिक्किम सरकारले राहत मात्र होइन सबै नोकसानीको भरपाइ गर्न क्षतिपूर्ति दिनुपर्ने पनि गणेश राईले माग गरेका छन्।

पुनर्वास योजना अन्तर्गत सरकारले 2100 घर निर्माण गर्ने भनी गरेको घोषणालाई स्वागत जनाउँदै तर जसको जत्रो घर भत्किएको छ त्यही आधारको घर निर्माण गरिनुपर्छ भन्ने गणेश राईले माग राखे। जनतालाई किचनको सेट र ओड्ने ओच्छ्याउनेमा सामग्री नदिएर सबै पीडित परिवारलाई डीबीटी मार्फत डेढ-डेढ लाख रुपियाँ दिनुपर्ने, घरभाडा सहयोगका लागि तीन महिना पाँच हजारको दरले नभएर एक वर्षका लागि मासिक 10 हजार रुपियाँको दरले दिनुपर्ने, पूर्ण रूपले घर भत्किएका परिवारलाई नयॉां घर नबाइदिएसम्म घरभाडा सरकारले दिनुपर्ने, क्षति पुगेका घरको मरमति खर्च पूर्ण रूपमा सरकारले वहन गर्नुपर्ने, प्रभावित विद्यार्थीले आफ्नो खाता किताब र युनिफर्म मात्र नभएर अनलाइन पढ्ने मोबाइल फोन पनि गुमाएका कारण सबै प्रभावित विद्यार्थीलाई 25-25 हजार रुपियाँ सरकारले दिनुपर्ने गणेश राईले माग गरेका छन्।

टिस्टा त्रसादीले धेरै उद्योग क्षेत्र प्रभावित बने पनि यहाँ कार्यरत मानिसहरू बेरोजगार बनेका छन् भन्दै उद्योग पुनः शुरु नभएसम्म सबै बेरोजगार बनेकालाई सरकारले मासिक 10 हजार रुपियाँको आर्थिक सहयोग दिनुपर्ने, सम्पत्ति गुमाएका मानिसहरूलाई 20 लाख रुपियाँसम्मको क्षतिपुर्ति दिनुपर्ने र यसभन्दा माथिको सम्पति गुमाएकालाई नयाँ उद्योग शुरु गर्न सरकारले ब्याजमुक्त वित्तीय सुविधा दिनुपर्ने माग उठाए। आफ्ना गाडी फसेका चालकहरूलाई बाटो नखुलिएसम्म सरकारले मासिक 10 हजार रुपियाँ सहयोग गर्नुपर्ने, गाडी मालिकहरूको ईएमआई केही समय स्थगित गराउनुपर्ने, र प्रभावित मानिसहरूको अन्य ऋण ईएमआईलाई केही समय स्थगित गराउन पनि सरकारबाट पहल हुनुपर्ने राईले पत्रकार सम्मेलन मार्फत सरकार समक्ष माग गरेका छन्।

 

You Might Also Like

असममा 6.22 करोड़को हेरोइनसितै मणिपुरको दम्पति पक्राउ
सिक्किममा भुॅंइचालोको झटका महसूस | BulletsIn
चकदाह नगरपालिका बोर्ड भंग, प्रशासक नियुक्ति गर्ने आदेश
जेलबाट रिहा गर्ने आदेशलाई लागू गर्न एक वर्ष लाग्यो
बंगालमा तापक्रममा लगातार वृद्धि

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article गोवन्डीमा छोरी र ज्वाईको हत्या गर्ने आरोपित तीन सहयोगीको साथ पक्राउ
Next Article दुर्गा पूजामा पानी पर्ने सम्भावना छैन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?