कोलकाता, 14 जनवरी (हि.स.)। महानगर कोलकाता लगायत सम्पूर्ण राज्यभरि मकर संक्रान्तिअघि कठ्याङ्ग्रीने जाडो शुरू भएको छ। पश्चिम बंगालको दक्षिण 24 परगनास्थित गंगासागर तटमा पुण्य स्नानको निम्ति देशभरिबाट लगभग 35 लाख मानिसहरू पुगेका छन्। अर्कोतिर, तापक्रममा ह्रासका कारण जाडो निकै बढेको छ।
मौसम विभागले आइतवार जारी गरेको बयान अनुसार, कोलकातामा न्यूनतम तापक्रम 12.9 डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा एक डिग्री कम हो। अधिकतम तापक्रम पनि सामान्यभन्दा तीन डिग्री कम 22 डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर और दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा, झाड़ग्राम तथा मुर्शिदाबाद जिल्लामा पनि तापक्रम 10 देखि 20 डिग्री सेल्सियसबिच रहेको छ। यसरी नै उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि जाडोले मानिसहरूको सामान्य जीवन प्रभावित बनेको छ।
हिन्दुस्थान समाचार/भवानी
