गान्तोक, 19 अगस्त (हि.स.)। मल्ली चेकपोस्ट पुलिसले सोमवार एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम शिव कुमार गदाइली बताइएको छ। उनी जोरथाङ निवासी हुन्।
पुलिस सूत्रहरू अनुसार, आरोपी व्यक्ति किर्ने, पश्चिम बंगालबाट एउटा ट्याक्सी वाहनमा चढेका थिए। मल्ली चेकपोस्टमा वाहन जॉंचको क्रममा उक्त व्यक्तिले बोकेको एउटा प्लास्टिकबाट प्रतिबन्धित नशालु पदार्थ बरामद गरियो। यस घटनाको सम्बन्धमा मल्ली पुलिस स्टेशनमा साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरिएको छ।
मल्ली पुलिस स्टेशनका एसएचओको सक्रिय देखरेखमा चेकपोस्टमा तैनाथ सतर्क पुलिस कर्मीहरूले आरोपीलाई पक्राउ गर्न सफल बनेको बताइएको छ। पीआई गौरवले जफत कार्य गरेका थिए। सिक्किम पुलिसले लागूपदार्थको ओसारपसारको खतरा उन्मूलन गर्न तथा समाजको सुरक्षा र कल्याण सुनिश्चित गर्न आफ्नो दृढ प्रतिबद्धता दोहोर्याएको छ।
हिन्दुस्थान समाचार / बिशाल
