गुवाहाटी, 19 नोभेम्बर (हि.स.)। नकली सुनको कारोबारमा सामेल तीन जनालाई पुलिसले पक्राउ गरेको छ। पुलिस अनुसार, हिजो राति तीनैलाई लखीमपुर जिल्लाको बंगालमाराबाट पक्राउ गरियो। यी तीनैमाथि गुवाहाटीको एक निजी होटलमा नकली सुन बेचेको आरोप छ। पक्रा परेका तीनै बाबू छोराहरू बताइएका छन्।
जानकारी अनुसार, पक्रा पर्नेहरूले एक महिनाअघि गुवाहाटीको पलटन बजारको एउटा होटलमा तीन लाख 50 हजार रूपियाँको नकली सुन बेचेका थिए। यो नकली सुन किन्ने व्यक्तिले पलटन बजार थानामा भारतीय दण्ड संहिताको धारा 120(बी)/457/386/352/420 अन्तर्गत एक प्राथमिकी 503/23 दर्ता गराएको थियो। पुलिसले होटलमा लागेको सीसीटीभी क्यामराको फुटेजको सहायताले नकली सुनका यी कारोबारीहरूलाई पक्राउ गऱ्यो। उनीहरूलाई पक्राउ गरी पलटन बजार थानालाई अघिको कानूनी कारबाहीको निम्ति सुम्पिएको छ।
हिन्दुस्थान समाचार/भवानी
