नयॉं दिल्ली, 19 अगस्त (हि.स.)। विदेश मन्त्री डा. एस. जयशंकर 19-21 अगस्तमा रूसको आधिकारिक यात्रामा रहनेछन्। यस यात्राको उद्देश्य दीर्घकालिक र समय परीक्षित भारत र रूस विशेष एवं विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई अझ बलियो बनाउनु रहेको छ।
विदेश मन्त्रालयका अनुसार, 20 अगस्तमा विदेश मन्त्रीले निर्धारित व्यापार, आर्थिक, वैज्ञानिक, तकनीकी र सांस्कृतिक सहयोग (आईआरआईजीसी-टीईसी) माथि भारत-रूस अन्तर-सरकारी आयोगको 26औं सत्रको सह-अध्यक्षता गर्नेछन्।
विदेश मन्त्रीले मस्कोमा भारत-रूस व्यापार मञ्चको बैठकलाई पनि सम्बोधित गर्नेछन्। यस यात्रा अवधि विदेश मन्त्रीले रूसका विदेश मन्त्री सर्गेई लावरोवसॅंग पनि भेट गर्नेछन् र द्विपक्षीय एजेन्डाको समीक्षा गर्नेछन् तथा क्षेत्रीय र वैश्विक मुद्दामाथि आफ्ना विचारहरू साझा गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी
