नयाँ दिल्ली, 30 नोभेम्बर (हि.स.)। उत्तर-पश्चिमी जिेल्लाको वसन्त कुञ्ज नर्थ थाना क्षेत्रमा गए शनिवार अबेर राती भएको सड़क दुर्घटनामा एकजना युवकको मृत्यु भयो भने दुईजना मानिसहरू गम्भीर रूपमा घाइते भए। दुर्घटना अबेर राती लगभग 2:33 बजे नेल्सन मण्डेला मार्गको मल सामु भएको हो।
पुलिस अनुसार एउटा द्रूत गतिको मर्सिडीजले अनियन्त्रित भएर सड़क किनार अटो स्ट्याण्डमा बसेका तीनजना युवकहरूलाई ठक्कर दियो। तीनैजना युवकहरू अम्बियन्स मलस्थित एक रेस्टोरेन्टका कर्मचारीहरू हुन्। दुर्घटनापछि तीनैजनालाई तत्कालै अस्पतालमा लगियो जहाँ 23 वर्षीय रोहित, निवासी चमोली (उत्तराखण्ड)-लाई डाक्टरहरूले मृत घोषित गरिदिए भने अन्य दुईजनाको उपचार भइरहेको छ।
प्रारम्भिक जांँच अनुसार मर्सिडीजले अचानक नियन्त्रण गुमायो अनि बिजुलीको खम्बासित ठोक्किँदै सोझै अटो स्ट्याण्डमा पुग्यो। उक्त वाहनलाई करोब बाग निवासी 29 वर्षीय शिवमले चलाइरहेका थिए। दुर्घटना हुँदा वाहनमा उसकी पत्नी र दाज्यु पनि सवार थिए। पुलिसले शिवमलाई घटनास्थलबाटै हिरासतमा लिएको छ।
उत्तर-पश्चिमी जिल्लाका पुलिस उपायुक्त अमित गोयल अनुसार जाँचमा थाहा लागेको छ, दुर्घटनाग्रस्त मर्सिडीज शिवमको साथी अभिषेकको हो। आरोपी विवाह समारोहमा सामेल भएर घर फर्किरहेको थिय। पुलिसले मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
