
नयाँ दिल्ली, 24 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज जननायक कर्पूरी ठाकुरलाई भावपूर्ण स्मरण गरे। प्रधानमन्त्रीले जननायकलाई उनको जयन्तीमा श्रद्धाञ्जलि अर्पण गरे। उल्लेखनीय छ, भारत सरकारले जननायक कर्पूरी ठाकुरलाई मरणोपरान्त भारत रत्नद्वारा सम्मान जनाउने घोषणा गरेका छन्।
प्रधानमन्त्रीले एक्स ह्याण्डलमा लेखेका छन्- “देशभरिका परिवारजनहरूको पक्षबाट जननायक कर्पूरी ठाकुरजीलाई उनको जन्म शताब्दिमा मेरो आदरपूर्ण श्रद्धाञ्जलि। यस विशेष अवसरमा हाम्रो सरकारलाई भारत रत्नद्वारा उनलाई सम्मान जनाउने सौभाग्य प्राप्त भएको छ। भारतीय समाज अनि राजनीतिमा उनले छोड़ेका अविस्मरणीय छापलाई लिएर म आफ्ननो भावना अनि विचारहरूलाई तपाईहरूसित साझा गरिरहेको छु।”
हिन्दुस्थान समाचार/उष्णता
