पटना, 24 जनवरी : पूर्व मुख्यमन्त्री तथा महान समाजवादी नेता स्व. कर्पूरी ठाकुरलाई देशको सर्वोच्च सम्मान भारत रत्न प्रदान गर्ने घोषणामा मुख्यमन्त्री नीतीश कुमारले हार्दिक प्रसन्नता व्यक्त गरेका छन्। मुख्यमन्त्रीले यसको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।
नीतीश कुमारले महान समाजवादी नेता र बिहारका पूर्व मुख्यमन्त्री स्व. कर्पूरी ठाकुरलाई देशको सर्वोच्च सम्मान भारत रत्नले सम्मानित गर्ने केन्द्र सरकारको निर्णयमा हार्दिक प्रसन्नता व्यक्त गरेका छन् र यसलाई सही निर्णय बताएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, स्वर्गीय कर्पूरी ठाकुरलाई उनको 100औं जयन्तीमा प्रदान गरिने यो सर्वोच्च सम्मान दलित, वन्चित र उपेक्षित तप्ताहरूमा सकारात्मक भाव जन्माउने छ।
उनले स्व. कर्पूरी ठाकुरजीलाई भारत रत्न दिनु पर्ने माग गर्दै आएको बताएका छन्। उनले कर्पूरी ठाकुरजीलाई प्रदान गरिने यो सम्मानले आफुलाई खुशी तुल्याएको बताउॅंदै यो जदयूको वर्षौं पुरानो माग रहेको बताएका छन्।
