नयाँ दिल्ली, 22 नोभेम्बर (हि.स.)। राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले बुधवार अवैधानिक सङ्गठन ‘सिख फर जस्टिस’ (एसएफजे)-सित सम्बन्धित संदिग्धहरूका पञ्जाब अनि हरियाणास्थित 14 ठेगानामा छापामारीको कारबाही गरेको छ।
यसै क्रममा एनआईएले पञ्जाबको मोगा जिल्ला अधिनस्थ झण्डीवाला गाउँमा लाभ सिंहको परिसरमा छापा माऱ्यो। लाभ सिंह विदेशमा बसेका विच्छिन्नवादी समर्थक बघेल सिंहका निकटवर्ती सहयोगी हुन्।
यसरी नै टेरर फण्डिङ्ग मामिलामा हरियाणाको यमुनानगरस्थित मेजर सिंहको घरमा पनि छापा मारियो। मेजर सिंह अमेरिकामा बस्दै आएका अलगाववादी समर्थकका निकटवर्ती सहयोगी हुन्। एनआईएले बटाला गाउँको बोलेवालमा पनि छापा माऱ्यो।
हिन्दुस्थान समाचार/उष्णता
