
कोलकाता, 24 जनवरी (हि.स.)। उत्तर 24 परगनाको सन्देशखालीमा एकपल्ट फेरि तृणमूल कांग्रेसका नेता शेख शाहजहॉंको घर केन्द्रिय प्रवर्तन निदेशालय (ईडी) अधिकारीहरूको टीम आज बिहान पुगेको छ। ईडी अधिकारीहरू केन्द्रिय अर्द्धसैनिक बलका सशस्त्र जवानहरूको सुरक्षामा फेरि शेख शाहजहॉंको घर पुगे।
यसै महिनाको पॉंच तारिक यसरी नै छापामारी अवधि शाहजहॉंका हजारौं समर्थकहरूले ईडी अधिकारीहरूमाथि हमला गरेका थिए, जसमा तीनजना घाइते भएका थिए भने गाडीहरूलाई पनि क्षति पुऱ्याइएको थियो। यसको 20 दिनपछि एकपल्ट फेरि छापामारी गर्न ईडी टीम पुगेको छ। खोजीको निम्ति जिल्ला पुलिसलाई अगावै सूचना दिइएको थियो।
ईडी सूत्रहरू अनुसार, बुधवार बिहान 25 गाडीमा 125 भन्दा धेरै सेण्ट्रल फोर्सका जवानहरूको साथमा सातजनाको टीम शाहजहॉंको घर पुग्यो। यसपाली ईडीले आफ्नो भिडियोग्राफर लिएर आएको छ। सम्पूर्ण तलासी प्रक्रियाको भिडियो बनाइने छ।
यसपाली पनि ईडी अधिकारीहरूलाई शाहजहॉंको घरमा प्रवेश गर्न समस्या भयो। बारम्बार बोलाउॅंदा घरभित्रबाट एक व्यक्ति बाहिर आए। उसलाई चाबी माग्दा उसले आफुसॅंग चाबी नरहेको बताए। समाचार लेखुन्जेलसम्म ईडीले साक्षीको उपस्थितिमा ताला तोड्न प्रक्रिया शुरू गरेको थियो।
हिन्दुस्थान समाचार
