दार्जीलिङ, 16 अक्टोबर (हि.स.)। दार्जीलिङका भाजपा विधायक निरज जिम्बाले सिक्किममा बाढी पीडित परिवारहरुको निम्ति आफ्नो एक महिनाको वेतन सहयोग प्रदान गरेका छन्। विधायक निरज जिम्बाले आफ्नो एक महिनाको वेतन 1.21 लाख रुपियाँ सिक्किम मुख्यमन्त्री राहत कोषमा प्रदान गरेका छन्।
विगत केही दिनअघि टिस्टामा आएको विनाशकारी बाढीले सिक्किम र पश्चिम बंगाल राज्यमा धेरै ठूलो क्षति पुगेको छ। बाढी प्रभावित परिवारहरूको पुनर्वासको निम्ति विधायक जिम्बाले आर्थिक सहयोग प्रदान गरेका छन्। उनले आज जारी विज्ञप्तिमा सिक्किमका जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै विधायक जिम्बाले सहयोग प्रदान गरेको जनाएका छन्।
हिन्दुस्थान समाचार/हनोक
