नयाँ दिल्ली, 18 फरवरी। दिल्लीको सराय रोहिल्ला स्टेशन नजिक गए शनिवार मालगड़ीका दशवटा डब्बा पटरीदेखि तल झरेर एक व्यक्तिको मृत्यु भएको थियो। उक्त दुर्घटनापछि यस लाइनमा रेल यात्रा प्रभावित भएको थियो। रेलवे लाइनमा राहत अनि बचाउ कार्यको काम लगभग पूरा भइसकेको छ। आइतवार अन्तिम डब्बालाई पनि हटाइयो।
डीसीपी रेलवे केपीएस मल्होत्राले बताए, राहत अनि बचाउ कार्य आइतवार अपरान्ह समाप्त भयो। घटनास्थलमा रेलवेका वरिष्ठ अधिकारीहरूको निगरानीमा आरपीएफ, दिल्ली पुलिस र डिजास्टर म्यानेजमेन्टको टीमले काम गऱ्यो। हिजो शनिवार एक व्यक्तिको मृत्यु भएपछि अन्य कोही पनि घाइते वा मृत्यु भएको सूचना छैन।
उल्लेखनीय छ, बितेको शनिवार मुम्बीदेखि चण्डीगढ़ तर्फ गइरहेको मालगाड़ीका दशवटा डब्बा पटरीदेखि तल झरेको थियो। उक्त घटनाको सूचना कन्ट्रोल रूमलाई दिउँसो 11:52 बजे प्राप्त भएको थियो जस पश्चात घटनास्थलमा रेलवे पुलिस, दमकल विभाग सहित अन्य एजेन्सीहरूको टीम पुगेर राहत अनि बचाँ कार्य शुरू गरेको थियो। मालगाड़ीको जुन डब्बा पटरीदेखि तल झरेको थियो त्यसमा फलामको शीट रोल राखिएको थियो। यस दुर्घटनामा 70 वर्षीय एक बुजुर्गको मृत्यु भएको थियो जसको पहिचान रफिकको रूपमा गरिएको छ। घटनाको भीडियो पनि भायरल भएको थियो।
