
गान्तोक, 16 अक्टोबर (हि.स.)। टिस्टा त्रासदीमा ज्यान गुमाउने मानिसहरूको संख्या 40 पुगेको छ। बाढी चपेटमा परेर 26 जना गम्भीर रूपमा घाइते भएका छन् भने 76 जना अझै पनि निखोज रहेका छन्। उक्त जानकारी सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरणले आफ्नो रिपोर्टमा दिएको छ।
प्राधिकरण अनुसार, 16 अक्टोबर दिउॅंसो 4 बजीसम्म मृतकहरूको संख्या बढ़ेर 40 पुगेको छ। मृतकहरूको संख्या पाकिम जिल्लाबाट 26 पुगेको छ। यसरी नै मृतकहरूको संख्या मंगनमा 4, गान्तोकमा 8 र नाम्चीमा 2 जना रहेका छन्। बाढी प्रभावित गाउॅं, वार्ड र नगर पञ्चायतको संख्या 100 रहेको छ।
यसरी नै रिपोर्टमा बाढीले मंगन, नाम्ची र गान्तोक जिल्लाका 33 वटा पुल पूर्ण रूपमा ध्वस्त बनेको जानकारी दिएको छ। यसैगरी, 922 वटा दोकान र 2002 वटा घरलाई क्षतिग्रस्त बनाएको छ।
हिन्दुस्थान समाचार/बिशाल
