रायपुर, 15 जनवरी (हि.स.)। मकर संक्रान्तिको पर्व आज, सोमवार छत्तीसगढमा धूमधामका साथ मनाइॅंदैछ। हुन त हरेक साल नै मकर संक्रान्ति 14 जनवरीमा मनाइने गरिन्थ्यो भने द्रिक पंचांग अनुसार यो वर्ष सोमवार, 15 जनवरीमा मकर संक्रान्ति मनाइॅंदैछ। यस दिन स्नान दान र सूर्यको उपसनाको विशेष महत्व रहेको छ।
महादेव घाटमा बिहानदेखि स्नान गर्न श्रद्धालुहरू पुगेर आस्थाको डुबकी लगाए। श्रद्धालुहरूले भगवान सूर्यलाई अर्घ्य दिए। स्नान गरेर हाटकेश्वर महादेवको दर्शन गरेर परिवारको निम्ति सुख समृद्धिको कामना गरे। नदीमा स्नान गर्ने क्रम बिहानदेखि शुरू भयो र दिउॅंसोसम्म चलिरह्यो।
अर्कोतिर, बिहानदेखि नै मकर संक्रान्तिमा मानिसहरू छतमा चढेर गुड्डी उडाएको पनि देखियो। मकर संक्रान्तिमा दान दक्षिणाको पनि विशेष महत्व रहेको छ। यस दिन स्नानपछि दान गर्ने परम्परा रहिआएको छ। दान तब मात्र पुण्यकारी मानिन्छ, जब यो सही मुहूर्त र विधिका साथ गरिन्छ। माहपुण्य कालमा नै दान गर्नु उत्तम मानिन्छ।
हिन्दुस्थान समाचार/भवानी
