कोलकाता, 15 जनवरी (हि.स.)। गङगासागरमा मकर संक्रान्तिको अवसरमा सोमवार लाखौं श्रद्धालुहरूले आस्थाको डुबुल्की लगाए। राज्य सरकारका एकजना मन्त्रीले दाबी गरेका छन्, यसपालि सागर मेलामा न्यूनतम 65 लाख मानिसहरू सामेल भए।
मकर संक्रान्तिको अवसरमा सोमवार भोर बिहान देशभरिबाट आएका श्रद्धालुहरूले गङ्गा नदी अनि बह्गालको खाड़ीको सङ्गममा स्नान गरे। राज्य सरकार एक वरिष्ठ अधिकारीले बताए, यस वर्ष गङ्गासागर आउने श्रद्धालुहरूको संख्या 65 लाखभन्दा अधिक छ। श्रद्धालुहरूले कपिल मुनि मन्दिरमा प्रार्थना पनि गरे।
प्रत्येक वर्ष मकर संक्रन्तिको अवसरमा लाखौं श्रद्धालुहरू स्नान गर्न र कपिल मुनिको मन्दिरमा पूजा गर्नका लागि गङ्गासागर आउने गर्दछन्। यति धेरै संख्यामा श्रद्धालुहरू जुटेका कारणले राज्य सरकारले सागर द्वीपमा सुरक्षा व्यवस्था बढ़ाइदिएको छ। कुनै पनि स्थितिको सामना गर्नको लागि राज्य पुलिस अतिरिक्त राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ), राज्य आपदा मोचन बल (एसडीआरएफ) औ तटरक्षक बलका जवानहरू तैनाथ छन्।
राज्यका बिजुलि एवं खेलमन्त्री अरूप विश्वासले यहाँ पत्रकारहरू समक्ष भने, गत 8 जनवरीमा मेला उद्घाटन गरिएपछि हिजो आइतवार अपरान्हसम्ममा लगभ 65 लाख श्रद्धालुहरू गङ्गासागर मेलामा आइसकेका छन्। विश्वासले बताए, विशाल समुद्र तटमा फैलिएको मैदानमाथि लगभग 1,100 सीसीटीभी क्यामरा अनि 22 वटा ड्रोनको मद्दतले निगरानी राखिँदैछ। ययहाँ 14 हजार पुलिसकर्मी तैनाथ गरिएको छ भने 45 वटा वाच टावर बनाइएको छ। श्रद्धालुहरूलाई 22 वटा घाटहरूमा 36 वटा जहाज, 100 वटा ठूलो नौका अनि 6 वटा नौकाहरूको माध्यमबाट सागर द्वीपमा पुऱ्याइँदैछ। जबकि मुरीगङ्गा नदीमा 300 फग लाइट (100 मीटरभन्दा कम दृश्यतामा देख्न सक्षम प्रकाश) जड़ान गरिएको छ।
मान्यता अनुसार त्रेता युगमा मकर संक्रान्तिको जुन पावन तिथिमा मां गङ्गाले धरतीमा उत्रेर सागरर तटमा राजा सागरका पुत्रहरूलाई स्पर्श गरी मोक्ष दिएकी थिइन्, त्यै तिथिमा प्रत्येक वर्ष गङ्गासागरमा पुण्य स्नान हुन्छ।
हिन्दुस्थान समाचार/उष्णता
