कोलकाता, 10 नोभेम्बर (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाता लगायत सम्पूर्ण राज्यमा अब एकपल्ट फेरि जाडो शुरू हुने छॉंट देखा परेको छ। मौसम विभागले शुक्रवार जारी गरेको बयानमा उक्त जानकारी दिइएको छ।
पश्चिम बंगालमा गत 15 दिनदेखि तापक्रम बढ्ने क्रम जारी थियो भने आज शुक्रवार यसमा हल्का ह्रास दर्ता गरिएको छ। अधिकतम तापक्रम 30 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभन्दा एक डिग्री कम हो भने न्यूनतम तापक्रम 21.3 डिग्री सेल्सियस छ, जुन सामान्य हो।
आगामी हप्तादेखि तापक्रममा लगातार ह्रासको क्रम शुरू हुनेछ र पश्चिम बंगालमा पनि जाडो शुरू हुनेछ। अब दुई दिनपछि दिवाली छ र दिवालीपछि दुई-तीन दिनसम्म तापक्रम बढ्ने गर्दछ, तर त्यसपछि छठ पूजाको छेउछाउदेखि तापक्रममा ह्रास शुरू हुनेछ।
कोलकाता लगायत राज्यका अन्य जिल्लाहरू हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा झाड़ग्राम, बर्धमान आदि ठाउॅंहरूमा पनि जाडो महसुस हुन थालेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा जाडो शुरू भइसकेको छ।
हिन्दुस्थान समाचार/भवानी
