
नयाँ दिल्ली, 10 नोभेम्बर (हि.स.)। राष्ट्रिय राजधानी दिल्ली-एनसीआरमा गए रातीदेखि परिरहेको पानीले शुक्रवार बिहान सासहरूलाई राहत प्रदान गऱ्यो। बिहान हिँड़डुल गर्नेहरूलाई सास फेर्न त्यति गाह्रो भएन। यद्यपि हावाको गुणस्तर अहिले पनि केही ठाउँमा खराब स्तरमै छ। अझ पानी पऱ्यो भने निश्चित रूपमा यसमा सुधार आउनसक्छ।
यस सङ्कटलाई तत्काल समाधान गर्नका लागि सरकार अनि अदालत दुवैले लगातार प्रयास गरिरहेको छ। आकाशमा बादलहरूको डेरा देखेर यस्तो लाग्छ मानौं प्रकृतिले पनि मोर्चा सम्हालेको छ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड अनुसार दिल्ली-एनसीआरमा आज बिहान वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)- को स्तर 400 –मा आयो। गए बिहीवार यसले 500 पार गरेको थियो। आज बिहान आनन्द बिहारको एक्यूआई एक्यूआई 462, आरके पुरमको 461, पंजाबी बागको 460 तथा आईटीओको 464 रह्यो। भारत मौसम विज्ञान विभागका अधिकारीहरूको भनाइ छ, आगामी केही दिनभित्रमा दिल्ली-एनसीआरमा सामान्य वर्षा हुने सम्भावना छ। यदि यस्तो भयो भने वायु प्रदूषणा केही सुधार आउनसक्छ।
उल्लेख्य, गत एक सातादेखिको दिल्ली-एनसीआरको हावा यतिसाह्रो विषाक्त भएको थियो कि राजधानीक कुनै पनि क्षेत्र सास लिने योग्यको थिएन। आज भइरहेको राहतको वर्षासितै मानिहरूले स्वच्छ हावा पनि पाइरहेका छन्। यस अवस्थामा दिल्लीमा ग्रेप चार नियम लागू छ।
हिन्दुस्थान समाचार/उष्णता
