आइजोल, 05 जनवरी (हि.स.)। मिजोरममा आज बिहान 7:18 बजे भूकम्पको झट्का महसूस गरियो। भूकम्पले कुनै प्रकारको क्षय-क्षति पुऱ्याएको अहिलेसम्म जानकारी प्राप्त भएको छैन। राष्ट्रिय भूकम्प केन्द्रले यसको पुष्टि गरेको छ।
राष्ट्रिय भूकम्प विज्ञान केन्द्र अनुसार भूकम्पको केन्द्र मिजोरमको लुङ्गलेईमा थियो भने भूकम्पको तीव्रता रेक्टर स्केलमा 3.5 दर्ता गरिएको छ। भूकम्पको झट्का त्रिपुराका कतिपय भागहरूमा पनि महसूस गरियो। यसको साथै छिमेकी राष्ट्र म्यान्मारका केही स्थानहरूमा पनि यसको झट्का महसूस गरियो।
हिन्दुस्थान समाचार/उष्णता
