• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > झाड़ग्रामको बालीपालमा पाँच सय वर्ष पुरानो “केंदुआबुड़ी पूजा”-बाट हुन्छ दुर्गोत्सवको शुरूआत
Regional

झाड़ग्रामको बालीपालमा पाँच सय वर्ष पुरानो “केंदुआबुड़ी पूजा”-बाट हुन्छ दुर्गोत्सवको शुरूआत

CliQ INDIA
Last updated: September 24, 2025 10:46 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

झाड़ग्राम (हि.स.)। झाड़ग्राम जिल्लाको गोपिबल्लभपुर-2 ब्लक अधिनस्थ बालीपाल ग्रामस्थित केंदुआबुड़ी थान एउटा पूजा स्थल मात्र नभएर आस्था, इतिहास र संस्कृतिको दिव्य संगम हो। मान्यता छ, यहाँको पूजा परम्परा लगभग पाँच वर्ष पुरानो हो र यसै पूजासितै यस क्षेत्रमा दुर्गोत्सव शुभारम्भ हुन्छ।

नी है और इसी पूजा के साथ इस क्षेत्र में दुर्गोत्सव का शुभारंभ होता है।

स्थानीय लोककथा अनुसार प्राचीन कालमा बालीपालका राजा युद्धबाट फर्किरहेको समय एउटा नीमको रूखमुनि विश्राम गरे। अचानक त्यहाँ देवी केंदुआबुड़ी प्रकट भइन् अनि थकित राजालाई ‘केंदु’- को फल खान दिइन्। देवीले राजालाई बताइन्, उनी यसै नीमको रूखमुनि बस्छन्। देवीले उनलाई यस स्थानमा पूजा शुरू गर्ने आज्ञा दिइन्। तबदेखि नै यो स्थान केंदुआबुड़ी थानको नामले प्रसिद्ध भयो अनि हाँ पूजा गर्ने परम्परा शुरू भयो। ग्रामीणहरूलाई विश्वास छ, माता खुल्ला आकाश र प्राकृतिक वातावरणमा विराजमान हुन रूचाउँछन्।

हरेक मंगलवार र शनिवार यहाँ देवीको विशेष पूजा हुन्छ। टाड़ा-टाड़ाबाट मानिसहरू आफ्नो मनोकामना लिएर पूजा गर्न आउने गर्दछन्। दुर्गा पूजाको शुरूआत पनि उनकै पूजाबाट हुन्छ। स्थानीय परम्परा छ, माँको प्रतिमा स्थापना गर्नपूर्व केंदुआबुड़ीको पूजा गर्न अनिवार्य छ। यहाँको अर्को विशेष परम्परा यो पनि छ, पूजाको विधि ब्राह्मणहरूको सट्टा बागदी समुदायका पुरोहित जसलाई स्थानीय भाषामा देहुरी भनिन्छ,- ले सम्पन्न गर्दछन्। प्रसाद अर्पण गर्ने पनि विशेष परम्परा छ। श्रद्धालुहरूले देवीलाई फल अनि काँचो चामल (आतप चावल) अर्पण गर्दछन्। अन्यत्र प्रचलित खिचड़ी वा भोगको प्रथा यहाँ छैन।

जनश्रुति अनुसार प्रारम्भिक कालमा यहाँ बलि प्रथा पनि प्रचलित थियो। किवंदन्ती अनुसार बलिको रगत बगेर नजिकैको दुलुंग नदीसम्म पुग्थ्यो। तर अहिले यो परम्परा लोककथाहरूसम्म मात्र सीमित बन्न पुगेको छ। समयसँगसँगै यहाँ धेरै परिवर्तन आयो। ग्रामीणहरूको भनाइ छ, पूर्वमा यहाँ एक प्राचीन मूर्ति स्थापना गरिएको थियो जुन कालान्तरमा क्षतिग्रस्त भयो। पछि सामूहिक प्रयासबाट पूजालाई नयाँ स्वरूपमा जारी राखियो। आज पनि यहाँ भव्य मन्दिर छैन, खुल्ला आकाशमुनि साधारण रूपमा पूजा हुन्छ जसलाई श्रद्धालुहरूले त्यतिकै पवित्र र प्रभावशाली मान्दछन्।

केंदुआबुड़ी थान केवल धार्मिक स्थल होइन, जबकि यो आदिवासी र गैर-आदिवासी समुदायबीच आस्था एवं एकताको पनि प्रतिक हो। दुर्गोत्सवको शुरुआत यसै पूजाबाट हुने भएकोले यसको आध्यात्मिक महत्व अझ बढ़्छ। श्रद्धालुहरूको विश्वास छ, यहाँ देवी जाग्रत शक्तिको रूपमा विराजमान छन्। यो पनि लोक मान्यता छ, नवमीको राती देवी स्वयंले प्रसाद ग्रहण गर्दछन्। भक्तहरूको भनाइ छ, माताको कृपाले हरेक संकट टाँड़िन्छ र मनोकामना पूरा हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

You Might Also Like

ऋषिकेश-कर्णप्रयाग रेल लाइनमा निर्माणाधीन सुरुङमा राखिएको केमिकलमा लाग्यो आगो
नाम्चीमा 22 अगस्तको दिन वृहत् वित्तीय समावेशन शिविर
एसएसबीको ७२औँ बटालियनको कार्यक्षेत्रमा भारी हिमपात
याङगाङमा राज्यस्तरीय तमु लोछार समारोह सम्पन्न
ममता ब्यानर्जीले अन्तिम दिन भरिन् एसआईआर फारम, भाजपाले घेऱ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article छात्राहरूसॅंग अभद्रता र यौन शोषणका आरोपी स्वामी चैतन्यनन्द बेपत्ता
Next Article कोलकातामा वर्षाले व्यापक क्षति, करेन्ट लागेर 8 जनाको गयो ज्यान, राज्यभरि 10 जनाको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?