• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > याङगाङमा राज्यस्तरीय तमु लोछार समारोह सम्पन्न
Regional

याङगाङमा राज्यस्तरीय तमु लोछार समारोह सम्पन्न

CliQ INDIA
Last updated: December 28, 2025 12:45 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

तमु लोछार विश्वभर पारिवारिक एकताको प्रतीक बनेको छ: मुख्यमन्त्री

नाम्ची, 27 दिसम्बर (हि.स.)। नाम्ची जिल्लाको कारुङ्गथाङ, याङगाङमा आज राज्यस्तरीय तमु लोछार समारोह आयोजन गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा सहभागी बने। यसैगरी, विधानसभा उपाध्यक्ष राजकुमारी थापा, कृषि मन्त्री पुरण गुरुङ, साङ्गे येन्तेन ग्याछो (गुरुङ टुल्कु), मन्त्रीगण, विधायकगण, राजनीतिक सचिवहरू लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

मुख्यमन्त्री तामाङलाई तमु लोछार समारोह समितिका सदस्यहरूले कार्यक्रम स्थलमा न्यानो स्वागत जनाए। मुख्यमन्त्रीले त्यहॉं स्वयं सहायता समूह र स्थानीय उद्यमीहरूले राखेका विभिन्न परम्परागत स्टलहरूको भ्रमण गर्दै स्थानीय हितधारकहरूसॅंग अन्तरक्रिया गरे। यहॉं प्रदर्शनीमा राखिएको ‘रोधी घर’ को प्रतिकृति सबैका लागि आकर्षणको केन्द्र बनेको थियो।

मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा सबैलाई तमु लोछारको हार्दिक बधाई एवं शुभकामना दिॅंदै सिक्किम लगायत देशका विभिन्न ठाउॅंहरूमा उपस्थित अतिथिहरूलाई स्वागत जनाए। उनले तमु लोछार परम्पराहरूमा गहिराईसॅंग जोडिएको र यसले भ्रातृत्व, वीरता र गुरुङ समुदायको विशिष्ट पहिचानको मूल्यलाई पनि प्रतिबिम्बित गर्दै विश्वभर पारिवारिक एकताको प्रतीक बनेको बताए।

उनले संस्कृति, कुनै पनि रूपमा, समुदायको सदियौंदेखिको परम्परा, कला र जातीय धरोहरको संरक्षणको लागि एक महत्वपूर्ण माध्यम रहेको कुरामा जोड दिए। उनले यस्ता उत्सवहरूले सांस्कृतिक गौरव र सामाजिक सद्भावलाई सुदृढ़ बनाउॅंदै सुनौलो, समृद्ध अनि समर्थ सिक्किम को दृष्टिकोणको उदाहरण प्रस्तुत गर्दछ भनी बताए।

मुख्यमन्त्रीले सिक्किम राज्यमा गुरुङ समुदायले विभिन्न क्षेत्रहरू, विशेषगरी सीमा सुरक्षाको क्षेत्रमा गरेको महत्वपूर्ण योगदानप्रति गर्व व्यक्त गरे, जहाँ उनीहरूको साहस र वीरता अनुकरणीय रहेको बताए। यस क्रममा उनले सिक्किमका लोक कलाकार पद्मश्री पुरस्कारले सम्मानित नरेन गुरुङ, सिक्किमका तेस्रो मुख्यमन्त्री भीम बहादुर गुरुङ र ग्रीन म्यान अफ् सिक्किमको नामले प्रसिद्ध ओमी गुरुङका कार्यहरूको उल्लेख गर्दै सराहना गरे।

मुख्यमन्त्रीले परम्परागत पोशाकको नियमित प्रयोगमाथि जोड दिॅंदै राज्य सरकारले कर्मचारीहरूका लागि अनिवार्य गरेको पनि अवगत गराए। उनले विभागीय प्रमुखहरू, अधिकारीहरू, प्रेस एवं मिडिया र दोकानेहरूलाई पनि कम्तिमा हप्तामा एक दिन आआफ्नो परम्परागत पोशाक लगाउन प्रोत्साहित गरे। उनले सिक्किमका युवाहरूमाझ भाषा जागरूकता र जातीय पहिचानलाई सुदृढ़ पार्न भविष्यमा थप भाषा शिक्षकहरू नियुक्त गरिने पनि आश्वासन दिए।

विकासको बारेमा बोल्दै मुख्यमन्त्रीले याङगाङ-राङगाङ निर्वाचन क्षेत्र पर्यटन सहित धेरै क्षेत्रहरूमा अपार सम्भावना रहेको बताए, जसमा निरन्तर पूर्वाधार विकास, १०० शैयाको आयुष अस्पताल, सिक्किम केन्द्रिय विश्वविद्यालयको स्थापना, भाले ढुङ्गामा प्रतिष्ठित स्काई वाक, लेप्चा सम्पदा केन्द्र तथा धेरै पवित्र मठ र मन्दिरहरू समावेश छन्। उनले जिल्ला भित्र र बाहिरका खेलकुद प्रतिभाहरूलाई पोषण र प्रवर्द्धन गर्न निर्वाचन क्षेत्रको चाँडै आफ्नै क्रिकेट स्टेडियम हुने घोषणा पनि गरे।

विशिष्ट अतिथि विधानसभा उपाध्यक्ष थापाले आफ्नो सम्बोधनमा मुख्यमन्त्रीको उपस्थिति र उनको अटल समर्थनको लागि हार्दिक कृतज्ञता गरिन्।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

केएन राई हमलाकाण्डमा छजना पक्राउ
सब-इन्स्पेक्टरले आफ्नो सर्भिस रिवल्वरले माता-पिताको हत्या गरेपछि आफूमाथि पनि गोली दागे
जिम्मेवार पर्यटनको उद्देश्यका साथ खरसाङ विन्टर रनको दोस्रो संस्करण सम्पन्न, 852 जनाले जनाए सहभागिता
एमसीडीका नेता सदनले मुकुन्दपुर वार्डमा सफाई व्यवस्थाको जायजा लिए, अतिक्रमणलाई हटाउने निर्देश
बंगालमा बादल लागे पनि वर्षा कमै मात्रामा हुनेछ | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article जमुई-जसीडीह रेलवे लाइनको सिमुलतला पुलमा सिमेन्ट बोकेको मालवाहक रेल दुर्घटनाग्रस्त
Next Article धामी सरकारले हालसम्म 571 वटा मजार हटायो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?