नागरिकहरूले विभिन्न सामाजिक सुरक्षा योजनाका लागि नाम दर्ता गर्नका साथै वित्तीय साक्षरता बढाउन सक्ने
गान्तोक, 19 अगस्त (हि.स.)। वित्तीय समावेशनमाथि तीन महिनाव्यापी परिपूर्णता अभियान अन्तर्गत राज्य स्तरीय ब्याङ्कर समिति (एसएलबीसी), सिक्किमले 22 अगस्तको दिन नाम्तीमा बृहत् शिविर आयोजन गर्नेछ।
बृहत् शिविर नागरिकहरूलाई प्रधानमन्त्री जनधन योजना (पीएमजेडीवाई), प्रधानमन्त्री जीवनज्योति बीमा योजना (पीएमजेजेबीवाई), प्रधानमन्त्री सुरक्षा बीमा योजना (पीएमएसबीवाई), अटल पेन्सन योजना (एपीवाई) र पीएमजेडीवाईको पुनः केवाईसी तथा सामान्य ब्याङ्क खाता लगायतका विभिन्न सामाजिक सुरक्षा तथा वित्तीय समावेशन योजना प्रोत्साहित गर्दै नाम दर्ता गराउन लक्षित छ।
यस पहलको माध्यमद्वारा नागरिकहरूले प्रभावी रूपमा आफ्नो वित्तको व्यवस्थापन गर्न आवश्यक कौशल अनि ज्ञान हासिल गर्नसक्नेछन्। भारतीय रिजर्भ ब्याङ्क (आरबीआई), सिक्किम सरकार, एसएलबीसी तता अन्य ब्याङ्कका वरिष्ठ अधिकारीहरूले नाम दर्ता गर्न सहयोग अनि सहायता प्रदान गर्न भाग लिनेछन्।
शिविरमा भाग लिई व्यक्तिहरूले स्वयं अनि परिवारका लागि बढी वित्तीय सुरक्षा सुनिश्चित गर्नका साथै वित्तीय समावेशन अनि समग्र हितलाई प्रोत्साहित गर्नसक्नेछन्।
नागरिकहरूले यी योजनाहरू अन्तर्गत नजिककैको ब्याङ्क शाखा वा बृहत् शिविरको स्थानमा 22 अगस्त, 2025 को दिन नाम दर्ता गराउन सक्नेछन् भनी पीआईबीले आज जानकारी गराएको छ।
हिन्दुस्थान समाचार / बिशाल
