कोलकाता, 01 जनवरी (हि.स.)। नववर्ष 2026- को पहिलो दिन हरेक वर्ष सरह पश्चिम बंगालमा पारम्परिक कल्पतरु उत्सव श्रद्धा औ आस्था पूर्वक मनाइँदैछ। यस अवसरमा रामकृष्ण मिशनसित जोड़िएका विभिन्न संस्थाहरूमा ठूलो संख्यामा श्रद्धालुहरू आइरहेका छन्। विशेष रूपमा काशीपुरस्थित उद्यानबाटीमा भक्तहरूको ठूलो भीड़ देख्न पाइयो। यो त्यही स्थान हो जहाँ महान सन्त श्री रामकृष्ण परमहंसले महानिर्वाण प्राप्त गरेका थिए।
काशीपुर उद्यानबाटी अतिरिक्त बेलूर मठ, गोलपार्क रामकृष्ण मिशन, दक्षिणेश्वर काली मन्दिर सहित अन्य मठ एवं तिर्थ स्थलहरूमा पनि श्रद्धालुहरूको ताँत लागिरहेको छ। देश-विदेशबाट आएका भक्तहरूले पूजापाठ गरी मनोकामना पूर्तिको कामना गरे।
उल्लेखनीय छ, श्री रामकृष्ण परमहंस आफ्नो जीवनको अन्तिम क्षणमा गम्भीर रूपमा अस्वस्थ भएका थिए भने काशीपुरको उद्यानबाटीमै बस्दै आइरहेका थिए। 01 जनवरी, 1886-मा उनका शिष्य गिरीश घोष, सुरेन्द्रनाथ, रामचन्द्र दास सहित अन्य मानिसहरूले देखे- अस्वस्थ रहँदा-रहँदै पनि श्री रामकृष्ण परमहंस आफ्नो कक्षदेखि उनीहरू भएकहाँ आए। उनले सबै शिष्यहरूलाई स्पर्श गरेर आशीर्वाद प्रदान गरे।
भक्तहरूको मान्यता छ, त्यस दिन उनको अनुहारमा ईश्वरको स्वरूप प्रकट भएको थियो। शिष्यहरूको मनमा गुरूप्रति जुन आध्यात्मिक सन्देह थियो, त्यो त्यसै दिन हट्यो। त्यसपछि श्री रामकृष्ण परमहंस आँपको रुखमुनि बसे अनि सबैलाई आशीर्वाद दिँदै उनको जीवनमा सत्य अनि प्रकाशको आगमनको कामना गरे।
यस्तो मान्यता छ, सोही दिन भक्तहरूलाई आफ्नो गुरूमा ईश्वरको दर्शन भयो अनि उनीहरूको इच्छा पूर्ण भयो। यसैकारण त्यस दिनलाई स्मरण गर्दै कल्पतरूप उत्सव मनाउने पर्परा शुरू भयो जुन आजसम्म जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
