अयोध्या, 08 जनवरी (हि.स.)। नव्य—भव्य र दिव्य अयोध्या बसाउन योगी सरकार निरन्तर अग्रसर छ। यहॉं योगी सरकारले अब रामजन्मभूमि, मन्दिरसहित अन्य स्थलहरूमा आउने पर्यटक—श्रद्धालुहरूको निम्ति हरेक मूलभूत सुविधाहरू उपलब्ध गराइरहेको छ। मकर संक्रान्तिपछि यी सुविधाहरूमा अझ तीव्रता ल्याइने छ।
यहॉं धर्मपथ र रामपथमा इलेक्ट्रिक बसहरूको संचालन गरिने छ। 22 जनवरीदेखि मानिसहरूको सकुशल दर्शन र पूजन एवं यात्रा सुनिश्चित गर्न पार्किङ समेत अन्य धेरै कार्यहरू गरिनेछ।
जिल्लाधिकारी नीतीश कुमारले भने, आउने दिनहरूमा अयोध्यामा श्रद्धालुहरू-पर्यटकहरूको संख्यामा निरन्तर बढ़ोतरी हुनेछ। यसको मध्यनजर धर्मपथ र रामपथमा इलेक्ट्रिक बसहरूको संचालन गरिनेछ। 100 इलेक्ट्रिक बसहरू पनि 15 जनवरीदेखि कुद्नेछ। गोल्फ कोर्ट र ई-रिक्शाको सुविधा पनि शुरू गरिनेछ। ईवीको माध्यमले परिवहनको सुविधा पनि शुरू गरिनेछ।
हिन्दुस्थान समाचार/बिशाल
