दरङ, 15 नोभेम्बर : असमको दरङ जिल्ला अन्तर्गत बानेकुचीमा शौचालयको ट्याङ्कीमा एक युवतीको कुहिएको शव भेटिएको छ। पुलिसले आज भने, युवतीको शव बानेकुचीमा गाउॅंको कालितापारा बस्तीमा एक परिवारको शौचालयको ट्याङ्कीमा भेटियो।
परिवारका सदस्यहरूले शौचालय जॉंदा शव देखे। एउटा बोराभित्र युवतीको शव राखिएको थियो। मृतक युवतीको पहिचा अहिलेसम्म हुन सकेको छैन। मानिसहरूले युवतीको हत्याको आशंका व्यक्त गरेका छन्। पाथरीघाट पुलिस घटनास्थल पुगेर कानुनी कारबाही शुरू गरेको छ।
