मुम्बई, 07 फरवरी : रिजर्भ ब्याङ्क अफ इण्डिया (आरबीआई)-ले लगातार छैटौं पटक नीतिगत ब्याज दर रेपो रेटलाई 6.5 प्रतिशतमा कायम राखेको छ। रेपो दरलाई 6.5 प्रतिशतमा कायम राख्नुको अर्थ हो, घर, वाहन सहित विभिन्न ऋणहरूको मासिक किस्ता (ईएआई)-मा कुनै फेरबदल हुनेछैन।
आरबीआईका गभर्नर शक्तिकान्त दासले बिहीवार यहाँ मौद्रिक नीति समिति (एमपीसी)-को द्वयमासिक समीक्षा बैठकका परिणामहरूको घोषणा गर्दै उपरोक्त जानकारी गराए। शक्तिकान्त दासले भने, रेपो रेटलाई 6.5 प्रतिशतमा कायम राखिएको छ। एमपीसीको छः सदस्यी दलले 5-1को सहमतिमा नीतिगत ब्याज दर रेपो रेटलाई 6.5 प्रतिशतमै राख्ने फसेला लिएको छ।
के हो यो रेपो रेट?
रेपो रेट त्यो नीतिगत ब्याज दर हो जसमा रिजर्भ ब्याङ्क अफ इण्डियाले कमर्शियल ब्याङ्कहरूलाई ऋण दिन्छ। हाल रेपो रेट 6.50 प्रतिशत छ।
उल्लेखनीय छ, रिजर्भ ब्याङ्कले गत एक वर्षदेखिको रेपो रेटलाई 6.5 प्रतिशतमै कायम राखेको छ। आरबीआईले अन्तिम पटक पछिल्लो फरवरी, 2023-मा रेपो रेटलाई 6.25 प्रतिशतदेखि बढ़ाएर 6.5 प्रतिशत बनाएको थियो।
