नयॉं दिल्ली, 08 फरवरी : आयुष्मान भारत डिजिटल मिशन अन्तर्गत अहिलेसम्म 10 करोड़भन्दा धेरै आयुष्मान भारत हेल्थ अकाउण्ट (आभा) बनाइएका छन्।
बिहिवार स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार, देशव्यापी स्वास्थ्य देखभाललाई डिजिटाइज गर्ने पहल अन्तर्गत बिहिवार आभा कार्डको संख्याय 10 करोड़ पार गरेको छ। आयुष्मान भारत हेल्थ अकाउण्टले व्यक्तिहरूलाई यूनीक हेल्थ कार्ड प्रदान गर्दछ।
आभा कार्ड के हो?
आयुष्मान भारत हेल्थ अकाउण्ट कार्डको नामले पनि चिनिने आभा कार्ड भारत सरकारद्वारा प्रदान गरिने हेल्थकेयर पहिचान हो। यो तपाईहरूको मोबाइल नम्बर र आधार नम्बरको उपयोग गरेर बनाइएको 14 अंकको पहिचान संख्या हो। यो कार्ड तपाईको सबै चिकित्सा इतिहासको निम्ति एउटा डिजिटल हब हो, जसमा विगतका डायग्नोस्टिक रिपोर्ट सामेल छन्।
यसले फिजिकल फाइलहरू म्यानेज गर्ने समस्यालाई हटाउॅंछ र विभिन्न लोकेशनमा पनि हेल्थकेयर प्रोफेशनलसॅंग मेडिकल डक्यूमेन्टलाई सहजरूपमा शेयर गर्ने अनुमति दिॅंदछ।
