– जमिन थाले झीलहरू, घरका कलहरूको अवस्था पनि त्यस्तै
शिमला, 03 नोभेम्बर :हिमाचल प्रदेशको जनजातीय जिल्ला लाहौल-स्पीतिका दुईवटा शहरको न्यूनतम तापमान शून्यदेखि तल पुगेको छ जसले गर्दा यहाँका झील, झरना तथा अन्य प्राकृतिक जलश्रोतहरू जमिन थालेका छन्। शीत मरूस्थल कहलाइने लाहौल घाटीको 14091 फुट अग्लो ढङ्खर झील, लेह मार्गस्थित 15840 फुट अग्लो सूरजताल झील औ पट्टन घाटीको 14000 हजार फुट अग्लो नीलकण्ठ झील हिउँमा परिणत भइरहेका छन्।
मनाली-लेह मार्गमा अवस्थित दीपकताल झीलको पानी पनि जमिएको छ। यो झील केलाङ्गदेखि 43 किलोमीटरको दूरीमा अवस्थित छ। आगामी अप्रेल महिनादेखि यहाँको आकर्षण फर्किनेछ। दीपकताल प्रदेशको आकर्षित झील हो। मनाली-लेह मार्गमा यात्रा गर्ने मानिसहरूको लागि यसले एउटा गन्तव्यको रूपमा काम गर्दछ। लाहौल स्पीतिमा अत्यधिक जाड़ो भएकोले आवासीय क्षेत्रमा मानिसहरूको घरको 90 प्रतिशतभन्दा अधिक पानीका कलहरू पूर्णरूपले जमिसकेका छन्।
जाड़ो यतिधेरै बढ़ेको छ कि चिया, खाना आदि पस्किँदा-पस्किँदै चिसो हुन्छ। विकेण्डमा पर्यटकहरू अब सोझै लाहुल पुगिरहेका छन्। जलश्रोतहरू जमिएकाले वन्य जीव-जन्तुहरूलाई पनि गाह्रो भइरहेको छ। आफ्नो तिर्खा मेटाउनका लागि वन्य जीव-जन्तुहरूलाई आवासीय क्षेत्रहरूमा अवस्थित नद-नालामा पुग्न परिरहेको छ।
लाहौल-स्पीति जिल्लाको कुकमसेरी शुक्रवार राज्यको सबैभन्दा चिसो स्थल रह्यो। यहाँको न्यूनतम तापमान -0.6 डिग्री सेल्सियस दर्ता गरियो। लाहौल-स्पीतिकै जिल्ला मुख्यालय केलाङ्गमा न्यूनतम तापमान -0.5 डिग्री सेल्सियस रह्यो। मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार चार, पाँच र छः नोभेम्बरमा मौसम सफा रहनेछ। तर सात नोभेम्बरदेखि पुनः वर्षा अनि हिमपात हुने अनुमान छ। आठ नोभेम्बरमा पनि राज्यभरिकै मौसम प्रतिकूल रहनेछ।
